विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँग विराटनगरमा भेटवार्ता गरेका छन् ।
विराटनगरस्थित कोइराला निवासमै पुगेर दुई वामपन्थी शीर्ष नेताले डा. कोइरालासँग त्रिपक्षीय छलफल गरेका हुन् । केन्द्रमा राजनीतिक समीकरण बदल्ने चर्चा चलिरहेका बेला भएको यस भेटघाटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटका क्रममा देशको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
कांग्रेसभित्र आफ्नै गुटको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई भेट्न दुई पूर्वप्रधानमन्त्रीहरू कोइराला निवासमै पुग्नुले दलहरूभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ आयाम थपिने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस