काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि रोबिन रिकेले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले ३१ रन बनाइन् ।
नेपालका कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए ।