२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी–२०आई श्रृंखला : पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित

बिहिवार , माघ १७, २०८१

काठमाडौं । राजधानीमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २८ रन बनाइन् । कविता जोशीले २७, पुजा महतोले २४ रन बनाइन् ।

त्यस्तै, बलिङमा नेदरल्याण्ड्सकी इभा लिन्च र क्यारोलिन डे लाङले २–२ विकेट लिए भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १–१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

उसका लागि रोबिन रिकेले ५९ रन बनाइन् ।आइरिस विलिङले ३१ रन बनाइन् ।

नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता राना मगर र ईश्वरी विष्टले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट