२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

सभापति लामिछानेले भेटे सभामुख घिमिरेलाई, के भयो छलफल ?

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटघाट गरेका छन् ।

सभापति लामिछानेले शुक्रबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर घिमिरेलाई भेटेका हुन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो ।

भेटमा आफ्नो सांसद पद निलम्बनबारे लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका थिए । लामिछानेले सभामुख घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरे ।

लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार