सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सभापति लामिछानेले भेटे सभामुख घिमिरेलाई, के भयो छलफल ?

सभापति लामिछानेले भेटे सभामुख घिमिरेलाई, के भयो छलफल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटघाट गरेका छन् ।

सभापति लामिछानेले शुक्रबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेर घिमिरेलाई भेटेका हुन् । भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो ।

भेटमा आफ्नो सांसद पद निलम्बनबारे लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका थिए । लामिछानेले सभामुख घिमिरेसँग आफ्नो निलम्बन फुकुवा गर्न आग्रह गरे ।

लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend