सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

निलम्बन फुकुवा गर्न रविको माग, सभामुख घिमिरेले के दिए जवाफ ?

निलम्बन फुकुवा गर्न रविको माग, सभामुख घिमिरेले के दिए जवाफ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठक बस्नुअघि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा लामिछानेले सभामुख घिमिरेलाई भेटेर आफू धरौटी बुझाएर थुनामुक्त भएको भन्दै निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

उक्त भेटमा घिमिरेले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको भन्दै आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको बताए ।

उनले लामिछानेमाथिको निवेदन छलफल र परामर्शको विषय रहेको बताए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा लामिछानेलाई कास्की अदालत, स्वर्णलक्ष्मी सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा काठमाडौं अदालत र सुप्रिम सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत रूपन्देहीले धरौटीमा छाड्न आदेश दिएको थियो ।

लामिछानेको सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend