काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधकाबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्यसूची अघि बढाएका छन् ।
रास्वपाले हिउँदे अधिवेशन सुरु हुनासाथ आकस्मिक समय मागेर अवरोध गरिरहेको छ ।
उनीहरूले बैठकको सुरुमै आफूहरूले आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै अवरोध गरिरहेका हुन् ।
आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र संसदमा प्रतिनिधित्व रहेका दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ ।
त्यस्तै, सरकारले हालै ल्याएका ६ वटा अध्यादेश पनि आजकै बैठकमा पेस गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस