२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी–२०आई शृंखला : नेपालले दियो थाइल्याण्डलाई १०२ रनको लक्ष्य

शनिवार , माघ १९, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको शनिबार भएको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

बलिङमा थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ३ विकेट लिइन् । त्यस्तै, फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए भने चनिदा सुथिराङले १ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट