
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको शनिबार भएको दोस्रो खेलमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।
बलिङमा थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ३ विकेट लिइन् । त्यस्तै, फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए भने चनिदा सुथिराङले १ विकेट लिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend