
काठमाडौं । काठमाडौंमा महिला टी–२०आई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेल्दै ६० रन बनाइन् । सुवानन खियोतोले १४, कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।
नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले ११ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको हो ।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।
बलिङमा थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ३ विकेट लिइन् । त्यस्तै, फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए भने चनिदा सुथिराङले १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend