२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टाइगर कप भलिबलको उपाधि आयोजकलाई

आइतवार , माघ २०, २०८१

कास्की । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित टाइगर कप भलिबलको उपाधि आयोजक टोलीले हात पारेको छ । टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आयोजकले जितेको हो ।

पोखरा रङ्गशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा अघिल्लो संस्करणको विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ सेटले पराजित गर्दै आयोजक टोलीले पहिलो पटक उपाधि जितेको हो ।

च्याम्पियन बनेको टाइगर ग्रुपले नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउँदा उपविजेता बनेको एपिएफले रु दुई लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको छ ।

पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पारेको थियो । पुनः तेस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पिएको आयोजक टोलीले चौथो सेट २५–१६ ले जित निकाल्दा खेल पाँचाैँ सेटमा धकेलिएको थियो ।

पाँचौँ सेटमा आयोजक टोलीले उत्कृष्ट प्रदर्शन गर्दै १५–१३ को जित निकालेपछि उपाधि हात पारेको हो । पहिलोपटक सहभागिता जनाएको आयोजक टोलीले पहिलो पटकमा नै उपाधि चुमेको छ ।

यसैगरी प्रतियोगितामा पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश भलिबल सङ्घ र विभागीय नेपाल प्रहरीको पुलिस क्लबबीच केहीबेरमा खेल सञ्चालन हुँदैछ । प्रतियोगिताको विजेताले रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् ।

दोस्रो टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् । महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७, पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट