२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी-२० आई सिरिज : नेपालको लगातार तेस्रो हार

आइतवार , माघ २०, २०८१

काठमाडौं । काठमाडौंमा जारी महिला टी-२० आई सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो ।

नेपालका लागि सिता रानामगरले ५ विकेट लिएकी थिइन् ।

नेपालले पहिलो विकेटका लागि सम्झना खड्का र ममता चौधरीले ५.५ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । ममता सात रन बनाएर आउट भइन् भने सम्झना २३ रनमा पेभिलियन फर्किइन् ।

पूजा महतो र कप्तान इन्दु बर्माले ३७ रन थप्दै नेपाललाई १२.३ ओभरमा ७१ रनमा पुर्‍याए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४० रन बनायो ।

उसका लागि कप्तान बाबेट डी लिडेले ३८ बल खेल्ने क्रममा चार चौका र एक छक्काको सहयोगमा ४१ रनको योगदान दिइन् । त्यसैगरी हिटर सिर्गसले २६, रोबिन रिके र फेबी मोलकिनबोरले समान २१/२१ रन जोडे ।

बलिङतर्फ नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन् । त्यस्तै मनिषा उपाध्यायले दुई तथा कविता जोशी र इन्दु वर्माले समान एक/एक विकेट लिए ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । नेपालले यसअघि खेलेको दुई खेलमा दुवैमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यसैगरी आफ्नो दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो ।

यता नेदरयाण्ड्स भने प्रतियोगितामा दोस्रो जितको खोजिमा छ । नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स आफ्नो दोस्रो खेलमा थाइल्यान्डसँग आठ विकेटको पराजित भएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट