२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

च्यासल खेल मैदान बनाउन २ करोड लाग्ने, जिम्मेवार निकाय मौन रहेको गुनासो

बुधवार , माघ २३, २०८१

ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान गत असोजमा आएको बाढीले बगरमा परिणत भएको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका लागि तत्काल दुई करोड रुपैयाँ आवश्यक हुने बताएका छन् ।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड रुपैयाँ बढी बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । उनले भने,“बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ ।”

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरु मौन रहेको उनले बताए । खेलकुद परिषद्सँग १० लाख रुपैयाँ मागेको तर हालसम्म निर्णय नभएको उनले जानकारी दिए ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जनले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गर्नुपर्नेमा जोड दिए । दशरथ रंगशालाको विकल्पका रुपमा परिषद्ले २८ करोड रुपैयाँ खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट