२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

महिला टी–२०आई शृंखलामा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित

बुधवार , माघ २३, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टि २० सिरिजमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हरायो ।

नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो ।

नेपालले पहिले ब्याटिङ गर्दै १४५ रनको बलियो स्कोर खडा गरेको थियो । तर फिल्डिङ गतिलो नहुँदा नेपाल पराजित भएको हो ।

नेदरल्यान्ड्सका ओपनर स्टेरी कालिस र फेबे मोल्केनबोरले नेपाललाई निराश बनाए ।

नेदरल्यान्ड्सका ओपनर स्टेरी कालीसले अविजित ९८ रन जोडिन् । उनले ६९ बलको सामना गर्दा ११ चौका र २ चौका प्रहार गरेकी थिइन् । फेबे माल्केनबोरले ४९ बलमा ४ चौकासहित ४८ रन जोडिन् ।

नेपालका कसैले पनि विकेट निकाल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि पुजा महतोले अविजित ६२ रन बनाइन् । कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् ।

नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँइन् । कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट