२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

त्रिकोणात्मक महिला-टी २० : नेपालले थाइल्याण्डसँग खेल्दै

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । त्रिकोणात्मक महिला टी २ शृङ्खलामा नेपालले आज थाइल्याण्डको सामना गर्दैछ ।

लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले आज शुक्रबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।

पाँच खेल खेलिसकेको थाइल्याडले एक खेल गुमाएर आठ अंक बनाएको छ। तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले पनि आठ अंक बनाएको छ ।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन। पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले चुक्यो।

तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भयो। पाँचौ खेलमा नेदरल्याड्ससँग १० विकेटले पराजित भयो।

आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट