२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ लाई निरन्तरता दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

‘बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेको र उक्त अभियान उपलब्धीमूलक भएको पार्टीको निष्कर्ष छ । अभियानले पार्टीमा उर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेको भन्दै पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ,’ बस्नेतले भने ।

जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट