२०८३, आषाढ १२ गते

शुक्रवार, आषाढ १२ गते २०८३

मेरो एकल प्रायसले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ सडक निर्माणमा बजेट विनियोजन भएको हो : सांसद आले

शुक्रवार , माघ २५, २०८१

काठमाडौँ । डोटीबाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री प्रेमबहादुर आलेले आफ्नो एकल प्रयासले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा बजेट विनियोजन भएको बताउनु भएको छ ।

आज शुक्रबार संघीय संसदको प्रतिनिधी सभाको शुन्य समयमा बोल्नु हुँदै सांसद आलेले धनगढी–खुटिया–दिपायल–बझाङ हुँदै उरै भञ्जाङ जोड्ने सडक निर्माणमा आफुले बजेट विनियोजना गराउन सफल भएको दाबी गर्नु हुँदै उक्त सडकको बजेट विनियोजनका विषयमा केही तत्वहरुले अनावश्यक हल्ला फिजाइ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “म डोटी बाट एक मात्र निर्वाचित संघीय सांसद हुँ । मैले यो सडकमा बजेट विनियोजन गराउनका लागि प्रधानमन्त्री, अर्थमन्त्रीसँग पटक पटक माग गरे र धाए । वजेट विनियोजन गराइए । अहिले प्रदेशका मन्त्री, सांसद उक्त सडकमा आफुले बजेट बिनियोजन गराएको भन्दै हल्ला फिजाउन थालेका छन् । संघीय सरकारको बजेट संघीय सांसदले विनियोजन गराउँछन की प्रदेशका मन्त्री, सांसदले ?।”

यसैगरी सांसद आलेले उक्त योजनामा प्रदेश सरकार, स्थानीय तहहरुले बजेट बिनियोजन नगराएको स्पष्ट पर्नु हुँदै आफ्नो एकल प्रयास र मेहनेतले बजेट पार्न सफल भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “झुटको खती गर्न त लाज मानौँ । तपाईहरुलाई आफू भन्दा माथिल्लो तहका योजना पनि हामीले गरेका हौँ भन्न कत्ति पनि लज्जाबोध हुँदैन । मेरो एकल प्रयासले बजेट विनियोजन भएको हो ।”

आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा बजेट विनियोजन गराउन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थममन्त्री वर्षमान पुन समक्ष दर्जनौँ पटक धाएर २०८१ जेठ १५ को बजेटमा करिब ४३ करोड बजेट विनियोजन भएको र त्यसपछि सडक डिभिजन, सडक विभाग, मन्त्रालयलाई ताकेदा गर्दा गर्दा बहुँवर्षिय कार्यक्रमको स्रोत सुनिनिश्चताको सहमति दिनु भएको भन्दै सांसद आलेले बजेट विनियोजन गर्न सहयोग गर्ने तत्कालिन प्रधानमन्त्री प्रचण्ड अर्थममन्त्री वर्षमान पुन तथा स्रोत सुनिनिश्चताको सहमति दिने हालका अर्थमन्त्री विष्णु पौडेललाई धन्यवाद समेत दिनु भएको थियो ।

धनगढीदेखि उरै सम्म पुर्‍याउने लक्ष्य बोकेको उक्त योजना निर्माणका लागि रु १ अर्ब बजेट भएपनि यो कमै भएको तथा १ अर्बले अब हाडखोलीदेखि कापडा सम्म ७ मिटर चौडा भएको सडक कालोपत्रेका लागि चाडो भन्दा चाडो टेण्डर आह्वान गर्न सडक विभागलाई र डिभिजनलाई उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “धनगढीदेखि दिपायल सम्म मात्र हामीले यस सडकलाई कालोपत्र गरेमा धनगढीबाट हामी दुई घन्टामा दिपायल पुग्न सक्छौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड जान चाहने पर्यटकले कैलाली–कञ्चनपुरबाट छिटो छरितो खप्तड घुमेर सहजै फर्किन सक्नेछन् ।”

यो सडक भारत–नेपाल–चिन जोडिएको त्रिदेशिय सडक भएको तथा भारत र नेपालका हिन्दू धर्मालम्बीहरु यो सडक मार्ग भएर चीनको मानसरोवर सम्म जाने नेपालको सबैभन्दा छोटो र भू–बनावटका आधारमा सुविधाजनक सडक भएकाले यो सडक निर्माणका लागि म अवनरत रूपमा लागि रहेको उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, “यहाँको पर्यटन प्रर्वदनको लागि धनगढी–खुटिया–दिपायल सडक खप्तडको कोसेढुंगा सावित हुने छ ।”

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट