२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टी–२०आई शृंखलाः नेपाल जितविहीन, उपाधि थाइल्याण्डलाई

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।

अन्तिम खेलमा नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्यान्डले उपाधि कब्जा गरेको छ । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन ।

नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् भने नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले २ विकेट र पुजा महतोले १ विकेट लिइन् ।

नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । कविता जोशीले १४, कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट