काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ ।
शुक्रबार दिउँसो लैनचौरस्थित एनसेल खेल मैदानमा भएको फुटबल प्रतियोगितामा राजनीतिज्ञ र कलाकारीबीच प्रतिष्पर्धा गराएको हो ।
मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ समूहबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकश शर्मा, एमाले नेता भानुभक्त ढकाल, एमाले संसद सुहाङ लगायत छन् ।
यसैगरी कलाकारबाट धिरेन शाक्य, बद्रि पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, केदार घिमिरे, बद्रि पंगेनी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
रमाइलो र प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको र खेलमा कलाकार पक्षले जितेको एमाले नेता भानुभक्त जोशीले बताए । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसर पारेर केपी ओली कप आयोजना गर्दै आएको बताए ।
उनले अनुशासन, नियम, विधिको हिसावले खेल र राजनीतिक दलहरुबीच धेरै कुरा मिल्ने बताए । अभिनेता धिरेन शाक्यले राजनीति र कलाकारलाई खेलले मित्रता कायम गराउने बताए । खेल स्वास्थ्यलाई स्वस्थ राख्न खेल्नुपर्ने उनले बताए । गायक बद्रि पंगेनीले खेलले नेता र कलाकारहरुलाई जोडेको बताए ।
अभिनेता केदार घिमिरेले केपी ओली कप मैत्रीपूर्ण खेल भएको र यसले आपसी सम्बन्ध, भाइचार सम्बन्धलाई प्रगाढ बनाउने बताए ।
खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको भन्दै सबैले खेल्नुपर्ने उनीहरुको भनाइ छ । केपी ओली कपको प्रचारका लागि कलाकार र राजनीतिक दलका नेताहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा गराइएको युवा संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस