२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रधान सेनापति खुला म्याराथन–२०८१ फागुन १० मा, पहिलो हुनेलाई ३ लाख

शुक्रवार , माघ २५, २०८१

काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२ औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सेनानी नरेश केसीले ४२.१९५ किमि पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ कि।मि महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताए । उनले १० किमिको म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि रहेको बताए ।

उनले १० किमिको म्याराथन नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौ उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा छोरीहरुले पनि भाग लिन पाउने उल्लेख गरे । उनले ५ किमि वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको बताए । उनले ५ किमि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने बताए ।

उनले प्रधान सेनापति खुला म्याराथन–२०८१ मा ३ हजार सहभागिता हुने अपेक्षा रहेको बताए । उनले प्रधान सेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार रहेको बताए ।

उनले द्वितियलाई २ लाख, तृतीय हुनेलाई १ लाख,चौथो हुनेलाई ५० हजार,पाँचौलाई ३० हजार, छैंठां २५ हजार,सातौं २० हजार,आठौं १५ हजार,नवौं १० हजार र दसौं हुनेलाई ५ हजार रुपैयाँ रहेको बताए ।

उनले २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार,द्वितिय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने बताए ।

उनले १० कि।मी दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताए । उनले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताए ।

सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट