काठमाडौं । फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् ।
पहिलो खेल दिउँसो साढे १ बजे म्यानमार र लेबनानबीच हुनेछ । यस्तै, साँझ साढे ५ बजे सुरु हुने दोस्रो खेलमा नेपाल किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
यही फागुन १४ गतेसम्म चल्ने एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस