आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो, ३ जनाको अवस्था गम्भीर

क्यानडाको टोरन्टोमा ८० जना सवार विमान पल्टियो, ३ जनाको अवस्था गम्भीर

काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा दुर्घटना भएको हो ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजनाको अवस्था गम्भीर छ । घाइतेहरूमा एक बालक पनि छन् ।

सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन । बीबीसी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend