मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

इन्धनमाथि निर्भरता घटाउँदै इन्डोनेसिया, २०३० सम्म ६३ हजार ईभी चार्जिङ स्टेशन बनाउने

इन्धनमाथि निर्भरता घटाउँदै इन्डोनेसिया, २०३० सम्म ६३ हजार ईभी चार्जिङ स्टेशन बनाउने

जाकार्ता, सिन्ह्वा । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।

राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्यांक अनुसार इन्डोनेसियामा हाल विभिन्न स्थानहरूमा तीन हजार २३३ चार्जिङ स्टेशनहरू छन् ।

“चार्जिङ स्टेशनहरूको विस्तारको उद्देश्य आयातित इन्धनमाथिको निर्भरता घटाउने, कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जामा सङ्क्रमणलाई गति दिनु हो,” मन्त्रालयका विद्युत महानिर्देशक जिस्मान हुताजुलुले बताए ।

इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।

“यसले वार्षिक रूपमा एक लाख टन सीओ२ उत्सर्जनमा कटौती गर्ने अनुमान गरिएको छ ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend