२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भद्रपुरझापा गोल्डकप : चार देशका १० टोली प्रतिस्पर्धामा

बुधवार , फाल्गुण ७, २०८१

भद्रपुर । भद्रपुरझापा गोल्डकपको दोस्रो संस्करण आजदेखि प्रारम्भ हुँदैछ । उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रंगशालामा दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । गोल्डकपमा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली भिड्दैछन् । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपिएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् ।

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट