२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : आज नेपाल र लेबनान भिड्दै

बिहिवार , फाल्गुण ८, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा आज घरेलु टोली नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले पराजित गरेको नेपालले यो खेलमा जित निकाल्न सके एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

एक खेलमा ३/३ अंब जोड्दै म्यानमार र नेपाल क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। अंकविहीन रहेका किर्गिस्तान र लेबनान तेस्रो र चौथो स्थानमा छन् ।

नेपालले बिहीबार लेबनानलाई पराजित गरेको खण्डमा ६ अंक जोड्दै फाइनलमा स्थान बनाउनेछ । पराजित भएको खण्डमा भने नेपालले तेस्रो खेलको नजिता कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट