२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भद्रपुरझापा गोल्डकप : पहिलो क्वाटरफाइनल आज

शुक्रवार , फाल्गुण ९, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको पहिलो क्वाटरफाइनलमा प्रतियोगिता आयोजक भद्रपुर ब्लेजर्स र नेपाल पुलिसबीच आज प्रतिस्पर्धा हुँदैछ ।

मेची रंगशालामा अपराह्न क्वाटरफाइनल हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिसलाई पराजित गरेको हो ।

प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टिमको सहभागी छन् ।

यही फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म जारी रहनेछ । दार्जिलिङ पुलिस क्लब र ‘ए’ डिभिजनको मच्छिन्द्र क्लब पहिलो खेल हारेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट