२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

केबुलकारको विरोध गर्न पुगेका महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप

शनिवार , फाल्गुण १०, २०८१

ताप्लेजुङ । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलाई ताप्लेजुङका स्थानीय नागरिकले कालो झण्डा देखाएका छन् ।

‘नो केबुलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका महतोलाई सदरमुकाममा स्थानीयले कालो झण्डा देखाएर उनको गतिविधिको विरोध गरेका हुन् ।

जिल्लाको विकासका लागि बनिरहेको केबुलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले जिल्लाको शान्ति सुरक्षामा खलबल पुर्‍याउनुका साथै समाज भाँड्ने काम गरेको ताप्लेजुङवासीको आरोप छ ।

महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथिभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय सुन्दर लिम्बुले बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबुलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह पनि गरेका छन्।

सम्बन्धित समाचार

पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीय बासिन्दाको विशाल प्रदर्शन

पाथिभरा केबुलकार : वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट