काठमाडौं । पाथीभरा केबुलकार निर्माणलाई लिएर चर्किएको विवादले उग्र रुप लिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना सार्वजनिक गर्दै निषेधाज्ञा जारी भएको जानकारी गराएका हुन्।
सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।
अर्को सूचना नभएसम्मका लागि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा कार्यान्वयन भएको छ।
शनिबार बेलुका केबुलकार निर्माणका लागि माग गर्ने पक्ष र विपक्षबीच झडप हुँदा दर्जनौ स्थानीय घाइते भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सुचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)(क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

यो पनि :
केबुलकारको विरोध गर्न पुगेका महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीय बासिन्दाको विशाल प्रदर्शन
पाथिभरा केबुलकार : वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट
प्रतिक्रिया दिनुहोस