शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

दक्षिण कोरियाद्वारा विवादित टापुहरूमा जापानको क्षेत्रीय दाबीको विरोध

दक्षिण कोरियाद्वारा विवादित टापुहरूमा जापानको क्षेत्रीय दाबीको विरोध

दक्षिण कोरिया । दक्षिण कोरियाले शनिवार दुई देशहरू बीचको सीमानामा रहेका विवादित टापुहरूमा जापानको बारम्बार क्षेत्रीय दाबीको विरोध गरकेो छ । जसलाई दक्षिण कोरियाले डोक्डो र जापानले ताकेशिमा भन्ने गर्दछन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले दक्षिण कोरियाली सरकारले ऐतिहासिक, भौगोलिक र अन्तर्राष्ट्रिय कानून अन्तर्गत दक्षिण कोरियाली क्षेत्रको अभिन्न अंग रहेको डोक्डोमाथि जापानको अन्यायपूर्ण बारम्बार सार्वभौमिकता दाबीको कडा विरोध गरेको छ । मन्त्रालयले शिमाने प्रान्तद्वारा आयोजित ताकेशिमा दिवस कार्यक्रममा उच्च–स्तरीय जापानी सरकारी अधिकारीको उपस्थितिको पनि विरोध व्यक्त गरेको छ ।

प्रान्तले २००५ मा फेब्रुअरी २२ लाई ताकेशिमा दिवसको रूपमा तोकेदेखि चट्टानी टापुहरूमा आफ्नो प्रशासनिक सार्वभौमिकता दाबी गर्न वार्षिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

लगभग ०.१८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका टापुहरू दक्षिण कोरिया, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र जापानले दाबी गरेका छन् । हाल दक्षिण कोरियाले टापुहरूलाई नियन्त्रण गर्दछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend