२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमारको खेल बराबरी

आइतवार , फाल्गुण ११, २०८१

काठमाडौँ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीचको खेल पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका हुन् ।

दशरथ रङ्गशालामा जारी खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमारले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमारका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेललको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् ।

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमारले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमारका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् । योसँगै खेल २–२ गोलको बराबरीमा सकियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट