२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोशी प्रदेश खेलकुद बोर्डले खेलकुद महोत्सव गर्दै

आइतवार , फाल्गुण ११, २०८१

विराटनगर । फागुन १३ गतेदेखी हुने कोशी प्रदेश खेलकुद महोत्सवको तयारी पूरा भएको छ । आइतबार सामाजिक विकास मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर खेलकुद महोत्सवको सबै तयारी पूरा भएको जानकारी दिईएको हो ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि १८ गतेसम्म संचालन हुनेछ । महोत्सवमा ११ वटा खेलहरु मोरङ र झापा जिल्लामा सञ्चालन गरिने उल्लेख छ ।

प्रतियोगितामा महिला फुटबल,एथलेटिक्स,कवड्डी, बाघचाल, (भेट्रान्स पुरुष), टेवलटेनिस (महिला तथा पुरुष), कराँते प्रतियोगिता (महिला तथा पुरुष), तेक्वान्दो प्रतियोगिता(महिला तथा पुरुष), सफ्ट टेनिस प्रतियोगिता (महिला तथा पुरुष) मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल, डोरीतान प्रतियोगिता, वुद्धिचाल प्रतियोगिता रहेका छन् ।

No description available.

प्रदेशका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष पाँचकर्ण राईले कर्णाली प्रदेशमा आगामी चैत २३ गतेदेखि हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अत्याधिक पदक जित्नुका साथै अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको बताए । उनले खेललाई राजनीतिबाट मुक्त राखि खेलको माध्यमबाट खेलाडीहरुले आयआर्जन गर्न महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले १४ जिल्लाका खेलाडी समावेश हुने महोत्सवले प्रदेशमा रहेको खेलको शुन्यतालाई अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राखे । उनले प्रदेशमा खेलको प्रवद्र्धन र पहिचान कायम राख्न महोत्सव उपयोगी हुने बताए ।

महोत्सवको उद्घाटन फागुन १३ गते विराटनगरको शहीद रङशालामा हुने छ भने समापन फागुन १८ गते सोही स्थानमा हुने सदस्य सचीव बस्नेतले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न एक करोड ७८ लाख ७७ हजार ५३ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट