२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

सोमवार , फाल्गुण १२, २०८१

बागमती । सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधि भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ ।

पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–२ गोल अन्तर पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो भने दोस्रो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ३–१ गोल अन्तरले पाखा लगाउँदै मच्छिन्द्र क्लब फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो ।

मच्छिन्द्र क्लब अघिल्लो छैठैँ संस्करणको बागमती गोल्डकप प्रतियोगिताको उपाधि विजेता टिम हो । अघिल्लो संस्करणको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको थियो । मच्छिन्द्रले दोस्रो पटक उपाधि रक्षा गर्ने लक्ष्यका मैदानमा उचिनेछ भने चर्च ब्वाईज साविक विजेता टिमलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पार्ने रणनीतिका साथ मैदान छिर्नेछ ।

प्रतियोगिताका विजेता टिमले पुरस्कारस्वरुप नगद १० लाख रुपैयाँ हात पार्नेछ भने उपविजेतालाई नगद पाँच लाख रुपैयाँ प्रदान गरिने बागमती गाउँपालिका खेलकुद विकास समितिका संयोजक रहरसिंह थिङले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट