२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

भद्रपुर झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रतिस्पर्धा

मंगलवार , फाल्गुण १३, २०८१

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रगति संघबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रंगशालामा हुने खेल आज अपराह्न ३ः०० बजेदेखि सुरु हुनेछ । गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । यसैगरी विदेशी क्लब काउर्न बाजारले न्युरोड टिम (एनआरटी) लाई हराउँदै आयोजक ब्लेजर्ससँगको भेट पक्का गरेको होे । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बंगलादेशका १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख रुपैयाँ तथा उपविजेता टोलीले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार रुपैयाँ, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार रुपैयाँ नगद पुरस्कार रहेको गोल्डकपका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट