काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र म्यानमारको फाइनल खेल सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल सुरु भएको हो ।
नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारविरुद्धको अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका हुन् ।
म्यानमारले भने नेपालविरुद्धको अघिल्लो खेलबाट टोलीमा ८ खेलाडी परिवर्तन गरेको छ ।
खेल सुरुभन्दा एक–दुई घण्टा अघि नै दर्शकले प्यारापिट भरिएको छ ।



प्रतिक्रिया दिनुहोस