२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री आलेद्धारा अल्टिट्युड क्लवलाई ५१ हजार रुपैयाँ सहयोग

बिहिवार , फाल्गुण १५, २०८१

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता–२०८१ का लागि व्यक्तिगत रूपमा रु ५१ हजार नगद सहयोग प्रदान गरेका छन् ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी उक्त फुटबल प्रतियोगितामा आज प्रमुख अतिथिका रूपमा  उपस्थित भएका पूर्वमन्त्री आलेले खेलकुदको प्रवद्र्धन तथा खेलाडीहरूको हौसला अभिवृद्धिका लागि आयोजक अल्टिट्युड कल्बलाई सो रकम प्रदान गरेको प्रतियोगिताका आयोजक अल्टिट्युड क्लबका अध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त जानकारी दिए ।

“हामीले माननीय पूर्वमन्त्री आले ज्युलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेका थियौँ । उहाँले खेलाडीहरूको उत्साह बढाउन र फुटबलको विकास गर्न रु ५१ हजार सहयोग प्रदान गर्नुभयो । यसका लागि हामी उहाँप्रति हृदयदेखि नै आभार प्रकट गर्दछौँ,” अध्यक्ष तिमिल्सिनाले भने ।

यही फागुन ८ गतेदेखि सुरु भएको दोस्रो अल्टिट्युड रनिङ कप फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म चल्ने जनाइएको छ । रामधुनी नगरपालिका–७ स्थित रामधुनी पञ्चायन खेलमैदानमा भइरहेको यस प्रतियोगितामा आज आयोजक अल्टिट्युड फुटबल क्लब र लेटाङ बीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको वडाध्यक्ष केशव गौतमले जानकारी दिए ।

उक्त खेलमा प्रथम हुने टिमलाई रु २ लाख २२ हजार २२२, सहित ट्रफि १५ तोला चाँदी, द्धितिय हुने टिमलाई रु १ लाख ११ हजार १११ तथा म्यानअफ द म्याचलाई प्रत्येक दिन रु २ हजार पाँच सय प्रदान गरिने आयोजक कल्बका अध्यक्ष तिमिल्सिनाले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट