सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता असफल, ह्वाइट हाउसमा के भयो ?

ट्रम्प र जेलेन्स्कीबीचको वार्ता असफल, ह्वाइट हाउसमा के भयो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ । ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता असफल भएको हो । वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छोड्न आदेश दिइएको बीबीसीले उल्लेख गरेको छ ।

बाझाबाझ कै दौरान अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई ‘आभारी’ भनेका थिए । तर, ट्रम्पले ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भनी जिस्काएका थिए । त्यसपछि भड्किएका जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता हुन नहुने बताए ।

उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएको भनाभनको भिडियो सार्वजनिक भएको छ । वार्तामा ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए ।

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेको उल्लेख गरेका छन् ।

यसैबीच, जेलेन्स्कीले कयौँ युरोपेली नेताहरुलाई जवाफ दिएका र उनीहरुले युक्रेनप्रति आफ्नो समर्थन जाहेर गरेको बताइएको छ । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुबैसँग कुरा गरेको र उनले युक्रेनका लागि आफ्नो अटूट समर्थन कायम रहेको भनी प्रतिवद्धता जनाएका बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend