२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कटारी गोल्डकप : उपाधिका लागि आज काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै

शनिवार , फाल्गुण १७, २०८१

कटारी । यही फागुन १० गतेदेखि यहाँ जारी ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’आज समापन हुँदैछ ।

यहाँको टाईगर फिल्डमा आज अपराह्न हुने फाइनल खेलमा उपाधिका लागि काठमाडौँको च्याम्पियन ब्वाइज र सिरहाको सहलेस युथक्लब भिड्दै छन् ।

गत बिहीबार भएको सेमीफाइनलमा वीरगञ्ज युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेसले फाइनलयात्रा तय गरेको हो । यसैगरी बुधबारको खेलमा धरानको एनएस फुटबल क्लबलाई ४–२ ले हराएर च्याम्पियन ब्वाइज फाइनलमा पुगेको हो ।

उपाधि जित्ने टोलीलाई पदक र प्रमाणपत्रसहित तीन लाख रुपैयाँ तथा उपविजेतालाई एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा स्वदेशी सात र भुटानको एकसहित आठ टोलीले भाग लिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट