
बार्सिलोना, स्पेन, सिन्ह्वा । पाँचौ पुस्ता (फाइभजी) , आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वल्र्ड काङ्ग्रेस (एमडब्लुसी) स्पेनमा सुरु भएको छ ।
ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेसन्स एसोसिएशन (जीएसएमए) द्वारा फरेरा ग्रैन वाया प्रदर्शनी केन्द्रमा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, कनेक्ट, क्रिएट’ रहेको छ, जसले मोबाइल र एआई–सञ्चालित प्रविधिहरूको फ्युजनलाई जोड दिन्छ ।
जीएसएमएका महानिर्देशक म्याट ग्रानरीडले पाइभजी विश्वव्यापी रूपमा द्रुत रूपमा अगाडि बढिरहेको छ । हालसम्म फाइभजी जडानहरू २ अर्ब डलर पुगेको उनले बताए । जसले यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो बढिरहेको मोबाइल जेनेरेशन बनाएको छ । अहिले अवरोध हटाउने र विकासको गति बढाउने बेला आएको छ ।
जीएसएमएले आफ्नो मोबाइल इकोनोमी रिपोर्ट सन् २०२५ पनि जारी गर्यो, जसले मोबाइल प्रविधि र सेवाहरूले सन् २०२४ मा विश्वव्यापी कुल ग्राहस्र्थ उत्पादन (जिडिपी) मा ५.८ प्रतिशत योगदान गर्ने देखाएको थियो ।
त्यो सङ्ख्या सन् २०३० सम्ममा ८.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । एमडब्लुसी सन् २०२५ ले दुई हजार ८ सय भन्दा बढी प्रदर्शक र एक हजार २ सय वक्ताहरूलाई आकर्षित गरेको छ, जसमा आयोजकहरूले एक लाख भन्दा बढी उपस्थित हुने अपेक्षा गरेका छन् । चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, हुवावे, जेडटीई, लेनोभो र साओमीलगायत ३ सय भन्दा बढी चिनियाँ कम्पनीहरूले आफ्ना नयाँ आविष्कारहरू प्रदर्शन गरिरहेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend