२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

परराष्ट्रमन्त्री राणाले गरिन् बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण

मंगलवार , फाल्गुण २०, २०८१

लुम्बिनी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे ।

मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिइन् । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उनलाई जानकारी दिएका थिए । मन्त्री राणासँगै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री सरोज थापा पनि सहभागी थिए ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट