२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पहाडी क्षेत्रको बसाईसराईलाई रोक्ने गरी योजना बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

बुधवार , फाल्गुण २१, २०८१

कोशी प्रदेश । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रको बसाईसराईलाई रोक्ने गरी योजना बनाउनुपर्ने बताएका छन् ।

बुधबार विराटनगरमा प्रदेश योजना आयोगले आयोजना गरेको प्रदेश स्तरीय आयोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहाडबाट तराईमा बसाई सर्ने प्रवृत्ति अत्याधिक रहेकोले त्यसलाई रोक्ने गरी योजनाहरु बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले असन्तुलित बजेट वितरणलाई रोकेर समानुपातिक र कामयाबी बजेट बनाउनुपर्नेमा जोड दिए । पहाडी क्षेत्रको जनजीवन सहज बनाउने रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले हामी जति लगानी गरेर योजनाका काम गर्छौं हाम्रा लक्ष्य र उद्देश्य पूरा हुनुपर्ने बताए ।

हामीले लगानी गरेका कामहरूबाट आम्दानी समेत हुनेगरी योजना बनायौं भने प्रदेशको आर्थिक स्रोत पनि बलियो हुने कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको स्रोत सिमित भएकोले अब लगानी गर्दा खास गरेर पर्यटनको क्षेत्रमा हामीले जति लगानी गर्छौं त्यसबाट प्रदेशलाई पनि आम्दानी हुने गरी काम गर्नुपर्ने धारणा राखे ।

‘स्थानीय तहले पर्यटनको क्षेत्रमा लगानी गर्दा हामीले पनि संयुक्त रुपमा लगानी गरेर त्यसको आम्दानी प्रदेश र स्थानीय तहलाई बाँड्ने गरी योजना ल्याउनुपर्छ’ उनले भने, ‘यसो गरियो भने हाम्रो काम पनि हुन्छ र प्रदेशको स्रोत पनि बढ्दै जान्छ।’

यस वर्षदेखि प्रदेश सरकारले सञ्चालन गर्न लागेको प्रदेश योजना बैंकको विषयमा कोशी प्रदेशका प्रदेश सभा सदस्यहरुसँग आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशले गरेका कामहरूमा प्रदेश सभाका सदस्यहरूलाई छायाँमा नपार्ने गरी अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

उनले भने, ‘प्रदेश सांसदलाई पनि स्वामित्व लिँदै योजनाहरू छनोट गरौं र केही पाइएन भन्ने गुनासोलाई न्यूनीकरण गर्दै नमुना काम पनि गरौं।’ उनले प्रदेश योजना बैंक सञ्चालनमा आएसँगै प्रदेशका योजनाहरु विधि र प्रक्रियागत ढंगले अगाडि बढ्ने र यसले बजेटमा देखिने व्यथितिहरु पनि हट्ने बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर रानाले प्रदेश प्रदेशमा सन्तुलित विकास गर्न र गोजीबाट योजना हाल्ने प्रवृत्तिको अन्त्य गर्न प्रदेश आयोजना बैंक कामयाबी हुने बताए ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश सभा सदस्य, मन्त्री र सचिवहरूको सहभागितामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट