२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

बुधवार , फाल्गुण २८, २०८१

इटहरी (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनैै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताएका छन् ।

कोशी प्रदेश प्रहरीद्वारा आज यहाँ आयोजित ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उनले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भने ।

मुख्यमन्त्री कार्कीले भने, “तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट