२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पूर्वाधार नीति बनाएर विकास निर्माणलाई अगाडि बढाउन सके दीर्घकालसम्म टिकाउ हुन्छ : मुख्यमन्त्री कार्की

शनिवार , चैत्र १, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाधार नीति बनाएर विकास निर्माणलाई अगाडि बढाउन सके विकास दीर्घकालसम्म टिकाउ हुने बताएका छन् ।

सनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीले आयोजना गरेको पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा योजना आयोगको आवधिक योजना र सरकारका वार्षिक कार्यक्रमहरूसम्म तार्तम्य मिल्ने र यसले विकासलाई सही ढंगले अगाडि बढाउन सहयोग पुग्ने बताए ।

उनले भने, ‘हाम्रा आवधिक योजना र नीतिहरु एकातिर सरकारका वार्षिक नीति र कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई मिलाएर अगाडि लैजानुपर्ने अवस्था रहेको छ। जलवायु परिवर्तनले गर्दा विकास निर्माणहरू नीति बनाएर नै गर्नुपर्ने आवश्यकता छ।’

No description available.

मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माण निर्माणले विपत्ति निम्त्याएको बताए । विपत्ति र जलवायु परिवर्तनको जोखिमलाई आंकलन गरेर नीति बन्नुपर्ने कुरामा ध्यान जानुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसमा ध्यान दिन सके हाम्रा योजनाहरु सफल हुने बताए ।

सडक र पुलहरू बनाउने बित्तिकै भत्किने अहिलेको अवस्था रहेकाले पनि पूर्वाधार नीति आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औल्याए । मुख्यमन्त्री कार्कीले पूर्वाधार नीति राम्रो बनाउन सके विकास टिकाउ र दीर्घकालीन हुने उल्लेख गरे ।

विपत र जलवायु लाई ध्यान दिएर नै अहिलेको पूर्वाधार नीति बनाउनुपर्नेमा उनको जोड थियो। पूर्वाधार नीति तर्जुमा गोष्ठीमा कोशी प्रदेश सरकारका मन्त्री ,सचिव विज्ञहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट