शनिवार , चैत्र १, २०८१
Shares
Shares
किएभ, एएफपी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी भू–भाग) मा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गर्दै आफ्ना राजदूतले प्रस्तावित ३० दिने युद्धविरामबारे रुसका नेतासँग ‘फलदायी’ वार्ता गरेको बताएका छन् ।
गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।
कुस्र्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।
रुसी टेलिभिजनमा प्रशारण भएको सम्बोधनमा पुटिनले भने, “हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।”
पुटिनले भने, “यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।”
ट्रम्पले युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताएका छन् ।
‘भयानक नरसंहार’
उनले भने, “मैले राष्ट्रपति पुटिनलाई उनी (रूसी जमिनमा रहेका युक्रेनी सेना) हरूको जीवन रक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रूसले त्यहाँ उनीहरूविरूद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन।”
युक्रेनको सैन्य नेतृत्वले उक्त आरोपको खण्डन गरेको छ । युक्रेनका सैन्य जनरल स्टाफले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो युनिटलाई घेराहाल्ने वा अन्य कुनै खतरा छैन ।”
जेलेन्स्कीले किएभमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा अवस्थाबारे थप समीक्षा गर्दै भने, “कुस्र्क क्षेत्रको अवस्था पक्कै पनि धेरै कठिन छ तर अभियानको अझै पनि महत्व छ।”
उनले पूर्वी सैन्य बदोवस्तीका सामानको केन्द्र रहेको पोक्रोभ्स्कमा नियन्त्रण कायम राख्न लडिरहेका युक्रेनी सेनामाथिको दबाब कम गर्दै रुसलाई अग्रपङ्तिमा रहेका अन्य क्षेत्रबाट सेना फिर्ता बोलाउन बाध्य पारिएको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूत स्टिभ विटकोफ र पुटिनबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिँदै अमेरिका र युक्रेनबीच ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव गरेका हुन् ।
“हामीले हिजो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै राम्रो र फलदायी छलफल गरेका थियौँ र यो भयानक र रक्तपातपूर्ण युद्धको अन्त्य हुने निकै राम्रो सम्भावना छ,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म) मा भनेका छन् ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस