
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ ।
बुधबार प्रतितोला ८ सय रुपैयाँले सुन बढेको छ । सुनको मूल्य आज ऐतिहासिक बिन्दु कायम गर्न सफल भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज सस्तिएको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend