२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

उच्च विन्दुमा पुगेर सुनको मूल्य आज स्थिर

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

उक्त मूल्य हालसम्मकै उच्च हो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य स्थिर छ।

बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट