२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अध्यादेशपछि निजी क्षेत्र उत्साहित भएको प्रधानमन्त्रीको दाबी

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र अहिले उत्साहित बनेको बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा सांसद मनिषकुमार झाको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले आर्थिक अध्यादेश ल्याएपछि निजी क्षेत्रमा उत्साह आएको बताएका हुन् ।

उनले प्रतिस्थापन विधेयक संसदबाट पारित भएपछि लगानीको वातावरण झनै बन्ने दाबी गरेका छन् । ‘सरकारकाले चालेका कदमहरुबाट सरकारले लिएको नीति तथा कानूनी सन्दर्भमा उहाँहरुले कसरी सकरात्मक प्रतिक्रिया दिनुभएको छ कसरी उत्साहित हुनु भएको छ त्यो कुरा ध्यानकर्षण गराउन चाहान्छु’, प्रधानमन्त्री ओलीले भने ।

पहिलाको सरकार हुँदा उद्योगी व्यवसायी के भन्थे र अहिलेको सरकार आएपछि के भन्छन् ? त्यो बुझन जरुरी भएको उनको तर्क थियो । ‘औद्योगिक वातावरण सुधार गरेर लगानीमैत्री वातावरण बनाउन हालै सरकारले अध्यादेशमार्फत लगानीमैत्री हुने गरी कानुन सुधार गरेको छ । यसबाट समग्र निजी क्षेत्रको मनोबल पनि उच्च भएको र यसको नतिजा पनि देखिन्दै जाने छ ।’

निजी क्षेत्रले अध्यादेशको स्वागत पनि गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले व्यवसायी हत्तोसाहित हैन धेरै उत्साहित भएका छन् ।’

ऋण किन लिनुपर्यो भन्ने सांसद झाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व बढाउने क्षेत्रका लागि ऋण लिएको बताए । राष्ट्रको विकासको काममा तीव्र प्रतिफल दिने आयोजनाका लागि ऋण लिइएको उनले स्पष्ट पारे ।

आर्थिक सिद्धान्तमा बसेर ऋण लिएको, हाम्रा आवश्यकता र प्राथमिकता हेरेर, क्षेत्र तोकेर र प्राथमिकतामा आधारित भएर ऋण लिएको उनको दाबी छ । प्रतिफल दिने पूर्वाधारमा लगानी गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट