२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

१.३० अर्ब लगानीमा मनमैजुमा ३५ हाउजिङ र एक व्यवसायिक भवन बनाउँदै व्यवसायी ज्ञानेन्द्रलाल प्रधान

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले पछिल्लो समय हाउजिङमा लगानी विस्तार गरेका छन् । जलविद्युत, सेयर बजार र हस्पिटालिटी क्षेत्रमा लगानी गरिरहेका व्यवसायी प्रधानले गृहलक्ष्मी रियालिटी लिमिटेडमार्फत हाउजिङ बिजनेसमा प्रवेश गरेका हुन् ।

उनले १ अर्ब ३० करोड रुपैयाँ लगानीमा राजधानीको मनमैजु, फुटुङमा ३५ वटा रेजिडेन्स (आवास) र एउटा ६ तले व्यापारिक भवन निर्माण गरिरहेका छन् ।

कूल लागत मध्ये ४० करोड रुपैयाँ ऋण, ७५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) १४ करोड ९० लाख रुपैयाँ हाउजिङ युनिट एडभान्स बुकिङबाट जुटाउने भएको छ । हाउजिङ परियोजनामा ऋण र स्वपुँजी अनुपात ३१ः६९ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले बैंकसँग ऋण सम्झौता गरेर लगानी जुटाइसकेको छ । हाउजिङ परियोजनामा अहिलेसम्म ८८ करोड १० लाख रुपैयाँ लगानी भइसकेको छ । अहिलेसम्म ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । परियोजना मध्यम चरणमा रहेको आगामी मंसिरभित्र (२०२५ डिसेम्बरसम्म) सक्ने लक्ष्य रहेको गृहलक्ष्मी रियालिटीले जनाएको छ ।

हाउजिङ परियोजनाको सिभिल निर्माण सकिएको छ भने पर्खाल, भूमिगत पानी ट्याङकी, प्लम्बिङ, इलेक्ट्रिक र मेटल वक्र्सको काम जारी रहेको कम्पनीले जनाएको छ ।

हाउजिङ परियोजना बनाउन सन् २०२३ को जुलाइमा स्थापना भएको रियल इस्टेट कम्पनी गृहलक्ष्मी रियालिटीको ४६ प्रतिशत हिस्सा प्रधानको छ । साधारण सेयर (आइपिओ) निष्कासन गर्न कम्पनी पब्लिक लिमिटेडमा परिणत भइसकेको छ । कम्पनीको साझेदार मनमैजु हाउजिङ कम्पनी लिमिटेड रहेको छ ।

प्रधानले त्रिवेणी र विशाल ग्रुपको साझेदारीमा १ सय ८० मेगावाटको कालिगण्डकी गर्ज बनाउँदै छन् । आयोजना बनाउन ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना बनाउन बैंकबाट ३० अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ ।

यस्तै साझेदारीमा २६ मेगावाटको खुदी जलविद्युत आयोजना पनि निर्माण भइरहेको छ । प्रधानले काभ्रेको बनेपाको बासडोलमा आरुण्य नेचर रिसोट निर्माण गरिरहेका छन् । रिसोर्ट छिट्टै सञ्चालनको तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट