२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव

शुक्रवार , चैत्र ७, २०८१

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ ।

विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने नीति लिएको बताए ।

No description available.

मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षदेखि प्रदेश भित्रका सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि ढाकाको पहिरन अनिवार्य गर्ने योजना रहेको जानकारी दिए । ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र स्वदेशी व्यापारलाई टेवा दिन यो नीति ल्याउन लागिएको हो । ‘मुख्यमन्त्री कार्कीले भने, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस विषयलाई समावेश गरेर आवश्यक बजेट पनि विनियोजन गरिनेछ ।’

कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई सरकारले विशेष संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय परम्परा र सम्पदाको संरक्षण गर्न र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन ढाका उद्योगको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

No description available.

‘हाम्रो परम्परागत सीप र कलालाई संरक्षण गर्दै यसलाई आर्थिक विकासको माध्यम बनाउनु आजको आवश्यकता हो,‘उपसभामुख दनुवारले भनिन्, ‘स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाउन सकोस् भन्ने हाम्रो चाहना छ ।’

महिला उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा आयोजित यस महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ ।

No description available.

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महोत्सवको उद्देश्य बारे बताउँदै भने, ‘नेपाली ढाका उद्योगलाई प्रवद्र्धन गर्दै कोशी प्रदेशका महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने, ढाका कपडाको व्यवसायिक सम्भावना बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने यस महोत्सवको मुख्य लक्ष्य हो,’ उनले भने,‘ स्थानीय स्तरमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्दै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न यस प्रकारका कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गरिनेछन् ।’

राउतले ढाका कपडालाई मुलुकमा अनिवार्य प्रयोग गर्ने वातावरण सिर्जना गर्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । महोत्सवमा विभिन्न प्रकारका ढाका उत्पादनहरू प्रदर्शनमा राखिएका छन् ।

No description available.

टोपी, कोट, सर्ट, साडी, कुर्ता, झोला, पर्स, मनिपर्स, रुमाल, टाई, बेल्ट, मोजा, जुत्ता, चप्पल लगायत दैनिक प्रयोगका सजावटका सामानहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

महोत्सवका संयोजक सरु केसीले विभिन्न जिल्लाका मौलिक डिजाइन र बुट्टाहरूलाई प्रदर्शन गर्ने प्रयास गरेको बताइन् । विशेष गरी युवा पुस्तालाई ढाका कपडाप्रति आकर्षित गर्न फेसन शो र नवीन डिजाइनका पोशाकहरू प्रदर्शन गरिएको उनले जानकारी दिइन् ।

No description available.

महोत्सवमा कोशी प्रदेशका १४ वटै जिल्लाका महिला उद्यमीहरूले तयार गरेका मौलिक ढाका सामग्रीहरूको प्रदर्शनी गरिएको छ । महोत्सवमा ३० भन्दा बढी स्टलहरू राखिएका छन्, जहाँ विभिन्न प्रकारका ढाका कपडा, पोशाक, झोला, टोपी, साडी, लुङ्गी लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

बिक्री प्रदर्शनीका साथै महोत्सवमा ढाका बुनाइ सम्बन्धी प्रशिक्षण कार्यक्रम, फेसन शो र अन्तरक्रिया कार्यक्रमहरू पनि समावेश गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट