सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

पहाडी क्षेत्रका बनपाखा लालीगुराँसले राताम्मे, पर्यटकको आर्कषण बढाउँदै (फोटो फिचर)

पहाडी क्षेत्रका बनपाखा लालीगुराँसले राताम्मे, पर्यटकको आर्कषण बढाउँदै (फोटो फिचर)

गोरखा । लालीगुराँसले अहिले पहाडी क्षेत्रको बनपाखा राताम्मे भएका छन्। काठमाडौं उपत्यकाका वनपाखा तथा देशका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले बनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।

गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउने र सुन्दरता बढाउने समेत गरेको छ । जसका कारण सो क्षेत्रमा पर्यटकहरुको आर्कषण बढ्न थाएको छ ।

राता रङका लागिगुराँस र गुलावी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ।

वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट १ हजार ३ सयदेखि ४ हजार ६ सय मिटर उचाइमा पाइन्छ। यद्यपी चैत पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुन महिनामै फुल्न थालेको छ।

लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। संसारभरी १ हजारभन्दा बढी प्रजातिमा पाइने यो फूललाई अंग्रेजीमा रोडोडेनड्रन भनिन्छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend