२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

पर्यटकीयस्थल टोड्के जोड्ने सडकको १४ वर्षपछि स्तरोन्नति सुरु

आइतवार , चैत्र ९, २०८१

म्याग्दी । मंगला गाउँपालिका–२ सिमबाट कोत्रवाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ ।

संघीय सरकार र मंगला गाउँपालिकाको चार करोड रुपैयाँ लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो ।

विनियोजन भएको यो आयोजना मंगला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो ।

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असार भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ ।

सिमचोक, पातल, कुहुँ र पूर्णगाउँ क्षेत्रमा ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट