२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको २०औं वार्षिक साधारण सभा सम्पन्न

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ मा एक कार्यक्रमकाबीच साधारण सभा सम्पन्न भएको संघका अध्यक्ष श्याममणी आचार्यले जानकारी दिए ।

अध्यक्ष आचार्यले गत वर्ष संघले हासिल गरेका उपलब्धि र आगामी योजनाका वारेमा जानकारी गराएका थिए । गत वर्ष मोटरसाइकल नामसारी लगायतका कार्यका लागि जाने व्यवसायीहरुलाई यातायात कार्यालयमा परिचय पत्र प्रदान गर्ने, सेवाग्राहीलाई आवश्यक सल्लाह प्रदान गर्ने, ट्राफिक प्रहरीसँग अन्तरक्रिया गर्ने आदि कार्य संघले सम्पन्न गरेको उनले बताए ।

आगामी वर्ष कार्यालयसँग समन्वय गरी व्यावसायिक हकहितका लागि पहल गर्ने उनको भनाई थियो । सेकेन्ड ह्यान्ड मोटरसाइकलको कारोबार गर्ने व्यवसायीहरुको हक हितका लागि नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ स्थापना भएको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट