२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

परराष्ट्रमन्त्रीको आग्रहपछि निरन्तर भयो एमसिसी परियोजना

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । अमेरिकाले नेपालमा सञ्चालित एसीसी परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) सहयोगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले अब निरन्तरता पाउने भएको हो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिलसँगको भेटमा हालै नयाँ दिल्लीमा नेपाललाई अमेरिकाले दिँदै आएको एमसिसी लगायतका परियोजना निरन्तर गरिदिन आग्रह गर्नुभएको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका गिलसँग मन्त्री डा राणाले गत चैत ५ गते भेटवार्ता गरी सो आग्रह गर्नुभएको थियो । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपाललाई सहयोग पुर्याउने सडक एवं जलविद्युत पूर्वाधार परियोजनाका रुपमा भर्खरै निर्माण सुरु भएको एमसिसी परियोजनाको निर्माण रोकिन पुगेकाले यसलाई निरन्तरता दिने काममा पुनर्विचार गरिदिन उहाँले आग्रह गर्नुभएको थियो ।

त्यस आग्रहमा सुरक्षा निर्देशक गिलले आफूले यस विषयमा पुनर्विचारका लागि प्रक्रिया सुरु गर्ने बताउनुभएको थियो । उहाँले अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आस्वासन दिनुभएको थियो । त्यस लगत्तै शनिबारमात्र अमेरिकी सरकारले सो परियोजनालाई निरन्तरता दिनेगरी सूचना जारी गरेको छ । अब उक्त परियोजना नेपालमा निरन्तर हुने भएको हो ।

सो भेटकै क्रममा उता अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेको र परराष्ट्रमन्त्रीको पनि यो आग्रह भएकाले अमेरिकी सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको हो । सो सम्बन्धी सूचना एमसीए नेपालले प्रकाशन गरेर एमसिसी परियोजना नरोकिने जनाएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो । एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट